काठमांडू: भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका निम्ति नवंबर २०मा नेपाल आउने भएका छन्। उनले नवंबर२०देखि २४ सम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्। उनलाई नवंबर २१का दिन राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।









