दार्जीलिङ: पहाड़मा अनित थापा अघि बड़ोस भन्ने आफुले चाहेकी ममता ब्यानर्जीले स्पष्ट गराएकी छन्। भागोप्रमो अध्यक्ष अनित थापा अनि तृणमूल कंग्रेससितको यो सम्बन्ध लगातार जारी रहने मुख्यमन्त्री ब्यानर्जीले बताइन्। पहाड़मा शान्ति र विकास भएको आफुले हेर्न चाहेकी उनको भनाइ रहेको छ। पहाड़ भ्रमणको दोस्रो दिन चौरास्ता परिसरमा आयोजित ७औं सरस मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले एकातिर पहाड़ अनि राज्यको विकासमा तयार विविध परियोजना एवं आवण्टित धनराशिबारे जानकारी गराइन् भने चुनाउको बेला अशान्ति गर्न चाहाने नेतृत्वहरूबारे क्षोभ व्यक्त गर्दै झुटो आश्वासनमा चुनाउ जितेर केही नगर्ने भन्दै भाजपामाथि प्रहार गरिन्।
केवल कंचनजंघामात्र सुन्दर होइन। पहाड़का प्रतिभावान एवं सिपालु विद्यार्थीहरू अनि युवाहरूको लागि स्कील डेभलोपमेण्ट सेन्टर शुरू गरिने कुरा दोहोराउँदै उनले मिलावटीबाट दार्जीलिङ चियालाई जोगाउन सरकारी प्रणाली तयार पार्ने बताइन्। बिहेपछि दार्जीलिङ पहाड़सित कुटुम्बेली साइनो जोड़िएको मन्तव्य पोख्दै उनले भोटको लागि नभएर नेताजी जयन्ती मनाउन २३ जनवरीमा फेरि दार्जीलिङ आउने आफ्नो सम्बोधनमा जनवाचा गरिन्।










