गान्तोक: पाकिम जिल्ला अन्तर्गत अप्पर पाचकमा प्राथमिक पाठशालामा निर्माण गरिएको एक कोठे भवनको हिजो उदघाटन गरियो। उक्त भवनको उदघाटन रम्फू महकुमा कार्यालयका संयुक्त निर्देशक केबी छेत्रीले गरेका हुन्। हिजो उदघाटन गरिएको एक कोठे भवन विशेष गरेर सा-साना नानीहरूको निम्ति निर्माण गरिएको हो। एसएमसीद्वारा निर्माण गरिएको उक्त भवनमा सहयोग पुऱ्याउने सबैलाई पाठशाला प्रबन्धन समितिले धन्यवाद दिँदै आभार प्रकट गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि छेत्रीले यस पाठशालाको निम्ति जमीनदान गर्ने दातालाई सर्वप्रथम धन्यवाद दिए। यसरी सामाजिक कार्यको निम्ति जमीनदान गरेकोमा उनले खुशी प्रकट गर्दै यस पूण्य कार्यले गर्दा नानीहरूलाई धेरै सुविधा भएको जानकारी गराए।कार्यक्रममा पाठशालाका प्रधानाध्यापक एनपी सापकोटाले वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए।