खरसाङ: पहाड़को राजनैतिक इतिहासमा नयाँ समीकरण ल्याएर पहाडमा सर्वत्र विकासकोे निम्ति कटिबद्ध भएर कार्य गरी रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले नयाँ सोच नयाँ विचारकोे माध्यमले विगतकोे आन्दोलनहरुले अशान्त पहाड़ले गुमाउनु परेको शान्ति फर्काउन तथा सम्पूर्ण दार्जीलिङ पहाड़ लगायत डुवर्सका साधारण जनताका घर घरमा विकास पुऱ्याउने उद्देश्यले राज्य सरकारसँग सुगम राजनैतिक सम्बन्ध राखेर कार्य गरिरहेका छन् भनी भागोप्रमो खरसाङ टाउन कमिटीले दाबी गरेको छ। एक विज्ञप्ति जारी गरेर भागोप्रमो खरसाङ टाउन कमिटीले भनेको छ- अनित थापा जीटीएका मुख्य कार्यपालकाे कुर्सीमा बसे तापनि उनले जनसाधारणकोे माझमा बसेर कार्य गर्दै जनताकाे अघि गर्छु, ल्याउने छु भनी दिएको वचनलाई पूरा गर्दै बगानकाे जमीनकोे मालिकाना आधिकार पर्जा पट्टा, स्कूल सर्विस कमिशन, आईटी हब,मल्टीस्पेशलिटी हस्पताल लगायत थुप्रै थुप्रै विकासमूलक कार्यहरु जनताकोे हितमा गर्दै आइरहेको बताइएको छ। विज्ञाप्तिमा भनिएको छ, उनको कार्य शैलीकाे फलस्वरूप नै आज पहाड़मा चौतर्फी विकास भइरहेको छ। यसपाली पनि धेरै दिनपछि बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीकोे पहाड़ भ्रमणमा जीटीएकोे प्रशासनिक बैठकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले पहाड़को विकासको निम्ति जीटीएको माध्यमले बंगाल सरकार समक्ष राखिदिएको प्रस्तावहरुको निम्ति धन्यवाद दिन चाहान्छौं भनी बताइएको छ। पहाडमा सञ्चालन भइरहेको विकास बोर्डहरूलाई अझै सुदृढ बनाउन हेतु जीटीएको पदभारसँगै विभिन्न विकास बोर्डहरुका सञ्चालनको लागि गठन हुने मनिटेरिङ सेलका अध्यक्षकाे पदमा नियुक्त भएकोमा हामी सम्पूर्ण खरसाङ टाउन कमिटीकोे तर्फबाट बधाई अनि शुभकामना दिँदछौँ भनी भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल अनि कार्यवाहक सचिव बीरबल पाखरीनले टाउन कमिटीको पक्षबाट जानकारी दिएका छन्।










