मुख्यमन्त्रीद्वारा दार्जिलिङमा सरस मेलाको उदघाटनसितै विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन

IMG-20241113-WA0214

दार्जीलिङ शान्तिपूर्वक रहे आफु खुशी हुने र पहाड हाँसे आफु पनि हाँस्ने: मुख्यमन्त्री ममता

दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्तामा आज सरस मेलाको उदघाटन गरिन्। यसावधि उनले दार्जिलिङ पहाड़लाई थुप्रै कोशेली दिने घोषणा पनि गरिन्। उनले दार्जीलिङमा सरस मेलाको उदघाटनसितै विभिन्न स्थानहरूको लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन पनि गरिन्। यसावधि उनले पहाडमा विभिन्न प्रशिक्षण केन्द्र खोलिदिने घोषणा गरिन्। यसरी नै पहाडका विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि बाहिर जान दश लाख रुपियाँसम्म प्रदान गराउने वाचा गरिन्। मुख्यमन्त्री ब्यानर्जीले दार्जीलिङ शान्तिपूर्वक रहे आफु खुशी हुने, पहाड हाँसे आफु पनि हाँस्ने बताइन्। मुख्यमन्त्री ममता ब्यानर्जीको कुरामा जोड दिंदै जीटीए प्रमुख अनित थापाले आफु सत्तामा रहुञ्जेल पहाडमा शान्ति कायम राखि रहने बताए। उनले मुख्यमन्त्रीको प्रशंसा गर्दै पहाडका मानिसहरूले उनलाई केही दिएनौ, यद्यपि उनले पहाडलाई धेरै दिइरहेकी छिन्। यसैले अब चाँहि पहाडले उनको पक्षमा गम्भीर भएर सोच्ने समय आएको बताए।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत सोमबार साँझतिर दार्जिलिङ आईपुगेकी थिइन् भने हिजो जीटीए र विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरूसित प्रशासनिक बैठक बसेकी थिइन्। उनले आज दार्जिलिङको चौरास्तामा सरस मेलाको उदघाटनसितै विभिन्न स्थानहरूको लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement