नेपाल-भारत सीमा सुरक्षा बैठकमा एसएसबीका महानिदेशक सामेल हुने

big-waving-realistic-national-colorful-260nw-2342748133

काठमाण्डौं: नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको शीर्ष बैठक १६ र १७ नोभेम्बरमा नेपालमा हुनेछ। यस बैठकमा सामेल हुन सीमा सुरक्षा बल (एसएसबी) का डायरेक्टर जनरल नेपाल आइरहेका छन्।
दुवै देशका सीमा सुरक्षा बलका शीर्ष अधिकारीहरूबीच हरेक वर्ष यस प्रकारको बैठक पालो-पालो गरी दिल्ली र काठमाण्डौंमा हुन्छ।नेपालका सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजू अर्यालको निमन्त्रणमा एसएसबीका डीजी अमृत मोहन प्रसाद १५ नोभेम्बरमा तीन दिनको निम्ति काठमाण्डौं आउनेछन्। सशस्त्र पुलिस बलका आईजीपीले बताए, यस बैठकको मुख्य एजेन्डा सीमा पारी अपराधको नियन्त्रण गर्ने उपायहरूबारे चर्चा गर्नु हो। साथै ड्रग्स तस्करीमाथि लगाम लगाउनमा दुवै देशका सीमा सुरक्षा अधिकारीहरूको भूमिकालाई लिएर पनि चर्चा हुनेछ। खुल्ला सीमा भएको कारण तेस्रो देशको नागरिकलाई नेपालबाट भारत र भारतबाट नेपालमा प्रवेश गर्नदेखि रोक्नको निम्ति पनि संयुक्त गश्तलाई बढ़ाउनमाथि पनि बैठकमा चर्चा गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement