सिद्धार्थ योञ्जन राष्ट्रीय शिक्षा पुरस्कारको निम्ति छनौट

गान्तोक: राष्ट्रीय पुरस्कारको निम्ति छनौट भएकोमा गेजिङ जिल्लाको एकलब्य मोडल रेसिडेन्सियल स्कूलका शिक्षक सिद्धार्थ योञ्जनलाई राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बधाई दिएका छन्। उनलाई आगामी दिनमा दिल्लीमा पालन गरिने शिक्षक दिवसको अवसरमा पुरस्कार प्रदान गरिनेछ। आगामी 5 सेप्टेम्बरको दिन नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजना पालन गरिने शिक्षक दिवसको अवसरमा राष्ट्रपतिको बाहुलीबाट पुरस्कार प्रदान गरिने भएको छ। मुख्यमन्त्रीले आगामी दिनमा थप सम्मानका साथ उचाइमा पुग्ने साथै हरेक सफलताको शुभकामना व्यक्त दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement