सुशन कराँते डु एकाडेमीको झोलीमा तीनवटा रजत पदक

24712ff6-771c-450e-b032-db3a47534a9a

गोरुबथान – फेरि एकपल्ट कालेबुङ जिल्ला लगायत पश्चिम बङ्गाललाई नै प्रतिनिधित्व गरेर गएको कराँते टोलीको झोलीमा तीनवटा रजत पदक परेको खबर सुशन कराँते एकाडेमीका संस्थापक सुशन थापाले दिएका छन्‌। भुवनेश्वर उडिस्सामा सम्पन्न दोस्रो पुर्व भारतीय कराँते च्याम्पियनसिप २०२२ मा विभिन्न राज्यहरूबाट प्रतिस्पर्धाको निम्ति कराँते खेलाडीहरू आएका थिए। पश्चिम बंगाल राज्य स्तरीय टोलीको निम्ति कालेबुङ जिल्लाबाट चारजना खेलाडीहरू छनौट भएका थिए।

ति खेलाडीहरू क्रमैले सहयोग गिरी, रिन्छेन लामा, राज राई रहेका थिए। रिसिका अग्रवालको बोर्ड परीक्षा परेकी हुनाले प्रतिस्पर्धामा भाग लिन सकिन्न। प्रतिस्पर्धामा गएका चारजना खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरे तर स्वर्ण पदक हत्याउन नसके तापनि रजत पदक प्राप्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement