दार्जीलिङ: पहाड भ्रमणको दोस्रो दिन पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पैदल हिँडेर दार्जीलिङको विभिन्न ठाउँको परिभ्रमण गरिन्। रिजमण्ड हिलबाट बिहान ११ बजे निस्केर विवविख्यात जुलोजिकल पार्क क्षेत्रसम्म पुगेर पर्यटकहरुसित कुराकानी गरिन् भने यहाँबाट फर्किएर चौरस्ता हुँदै मल रोडमा चिया पिइन्।

यसबीच जिल्ला प्रशासनिक अधिकारीहरुको उपस्थितिमा आज अपरान्ह्र ३ बजे उनले चौरस्तामा हुने सरस मेलाको उद्घाटन पनि गरेकी छन्।









