बेलबारीमा चोरको रगरगी, एकै रात ५ वटा घरमा चोरी

IMG-20241113-WA0190

विराट चौक: मोरंगको बेलबारी नगरपालिका वार्ड नम्बर -२ मा एकैरात  ५ वटा घरमा चोरी भएको छ। बेलबारी २ लोकतान्त्रिक मार्गका इन्द्र राई, सङ्गीता मगर, थापा, सुरज थापा, लक्ष्मी चौकका विश्वदीप राईको घरमा चोरी भएको छ। गएराति भएको सम्बन्धित पीडितहरू बताउँछन्। ती सबै घरहरुमा चोरी भएको हो। इन्द्र राईको पहिलो तालाको घरको झ्याल र ढोका फोडी, दोस्रो ताला प्रवेश गर्ने फलामे गेटको ताला तोडी ५ तोला सुन र १५ हजार नगद चोरी गरेको छ। चितवन पोखरा घुम्न गएको बेला घरमा कोही नभएको दाउपारि चोरी भएको स्वयम राईले जनाए। राईका अनुसार आज बिहान घुमेर फर्कँदा घरमा झ्याल, डोका फोडिएको, कोठाको सबै सामान छरपस्ट भएको अवस्थामा भेटिएका थिए।

सङ्गीता मगरको घरबाट ११ तोला चाँदी, आदी तोला सुन र रु.९ हजार चोरी भएको स्वयम उनले बताइन्। उनी माइत गएको बेला कोही नभएको दाउपारि  घरमा चोरी भएको सङ्गीता बताउँछिन्। सङ्गीताको श्रीमान् यम बहादुर मगर सशस्त्र पुलिसमा कार्यरत छन्। सुरज थापाको घरमा भएको चोरी पनि सोही प्रकृतिको छ। थापा परिवार भोजपुर गुम्न भएको बेला रु० १५ हजार, दुई वटा स्मार्ट घडी  चोरी भएको हो।  विश्वदीप राईको घरमा भने दुई पटक चोरी भइसकेको छ। गत वर्ष दिसम्बरमा साढे ४ तोला सुन, ५५ वटा कासोको थाल र पुरानो पैसाहरू चोरी भएको राई परिवारले जनाए। यस पटक भने खुत्रुकेमा भएको रकम, कोरियाबाट ल्याएको हातमा लगाउने घडी र एउटा खुकुरी चोरी भएको विश्वदीपका श्रीमती सारा राईले बताइन्। राईको घरमा पनि  चोरी भएको हो। साराका अनुसार नोभेम्बर १२ मा दिउँसो आफन्तको घरमा भेटघाटको लागि गएका थिए। सो दिन आफन्तकोमै बसे, र आज फर्कँदा घरमा सबै सरसामानहरू लथालिङ्ग रहेको भेटिएको राई परिवार बताउँछन्। विश्वदीप दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत छन्। उनी छुट्टी आएका हुन्। वर्षेनी चोरीको घटनाले विश्वदीप र उनको परिवारलाई त्रसित बनाएको छ।  एक महिना अघि पनि शान्ति चौकका किरण राईको पल्सर बाइक चोरी भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement