स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला भेला सम्पन्न

IMG-20241113-WA0178

 इनरुवा (नेपाल) : स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला भेलाको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश संयोजक देवेन्द्र किशोर ढुङ्गानाले नेपाली पत्रकारिता प्रति जन विश्वास खास्किन्दै जानुमा पत्रकारको नाममा राजनितिक पार्टीको वकालत गर्नु र जनताको पक्षमा पत्रकारिताले धर्म छोडनुले यस्तो अबस्था देखिनु बिडम्बना रहेक़ो बताए l उनले भने, ‘पत्रकार सदैव स्वतन्त्र रहनु पर्ने र जनताको पक्षमा कलम चलाउनु पर्नेमा हामीकहाँ पत्रकारहरु सरकार, भ्रष्ट राजनितिक व्यक्ति, संस्था, व्यापारी र विदेशीहरुको हितमा कलम चलाइदिनाले हाम्रो राष्ट्रियता खतरामा परेको छl’ इनरुवा स्थित होटल फुलवारीमा आयोजित सो भेलामा केन्द्रीय पार्षद प्रेम प्रसाद गिरी, पत्रकार अकबर अलि, लगायतले सुनसरी जिल्लामा पत्रकारहरु बिच एकता नभएकै कारण बेला बेला पत्रकार माथि आक्रमण हुनु सिंगो नेपाली पत्रकारिता माथिको आक्रमण हो, यसक़ो पक्षमा जो कोही भए पनि ती समाज र देशका लागि दुश्मन हुन भनि चर्चा गरिएको थियोl सो भेलाले अकबर अलिको अध्यक्षतामा १७ सदस्यीय स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला समिति पुनर्गठन गरेको छl पुनर्गठित समितिमा बरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव, उपाध्यक्षमा जुगेश्वर कुमार दास, सचिवमा रवीन्द्र कुमार यादव, सह सचिवमा मोहसिम अन्सारी र कोषाध्यक्षमा तजमूल हुसैन चयन भएका छन्l त्यसैगरी सदस्यहरुमा रन्जना राजवंशी,राजकुमार यादव, लुकमान अन्सारी, फिरोज आलम, पार्वती चौधरी, अर्जुन चौधरी, अभिषेक मण्डल, रुपेश मोची र समशेर आलम सर्वसम्मतिले निर्वाचित भएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement