डीओपीपीडब्ल्यूले राष्ट्रव्यापी डिजिटल जीवन प्रमाण पत्र अभियान शुरु गर्‍यो

n63892734617314339398373dce7630a693c705441d38b77b7db0e6033280bc8d36366f44ba0d34b76ea69e

गान्तोक: पेन्शन र पेन्शनभोगी कल्याण विभाग (डीओपीपीडब्ल्यू) ले १ नोभेम्बर, २०२४ देखि ३० नोभेम्बर, २०२४ सम्म चल्ने महिना लामो राष्ट्रव्यापी डिजिटल जीवन प्रमाण पत्र (डीएलसी) अभियान ३.० शुरु गरेको छ।यो अभियान ८०० भन्दा अधिक शहर र जिल्लाहरूमा फैलिएको छ, जसमा धेरै हितधारकहरूलाई एक साथ ल्याएर ‘सम्पूर्ण सरकार’ दृष्टिकोणलाई अपनाएको छ। उक्त जानकारी पीआईबी सिक्किमले विज्ञप्तिमा दिएको छ।यस वर्ष सिक्किमभरिमा लगभग १८९ इण्डिया पोस्ट पेमेन्ट ब्याङ्क (आईपीपीबी) मा व्यापक शिविर आयोजना गरिएको छ। यस अतिरिक्त, स्टेट ब्याङ्क अफ् इण्डिया (एसबीआई) ले धेरै स्थानमा शिविर स्थापना गरेको छ, जसमा गान्तोकमा एसबीआई मुख्य शाखा, देवराली बजार शाखा, जिरो पोइन्ट शाखा, तादोङ शाखा र सिङ्गताम शाखा रहेका छन्।डीओपीपीडब्ल्यूका वरिष्ठ सल्लाहकार मनोज कुमार तिवारीले ११ नोभेम्बर, २०२४ मा गान्तोकमा प्रधान डाकघरमा आईपीपीबीको भ्रमण गरे। यसका साथै ११ र १२ नोभेम्बर, २०२४ मा उपर्युक्त एसबीआई शाखाहरूको भ्रमण गरे, ताकि पेन्शनभोगीहरूलाई जीवन प्रमाण पत्र जमा गर्नका लागि अनुहार प्रमाणीकरण प्रविधिको उपयोग गर्ने विषयमा मार्गदर्शन प्रदान गर्न सकियोस्। व्यापक प्रचार र रसद समर्थनका साथ यी शिविरहरू अत्यधिक सफल भएका छन्, जसले स्थानीय पेन्शनभोगीहरूका लागि डीएलसी प्रक्रिया अधिक पहुँचयोग्य बनाएको छ।यसअघिका अभियानहरू निकै सफल भएका थिए। २०२२ को पहलको परिणामस्वरूप १.४१ करोडभन्दा अधिक डीएलसीहरू थिए, जसमा केन्द्र सरकारका पेन्शनभोगीहरूको तर्फबाट ४२ लाख आवेदन सामेल समावेश थिए। २०२३ अभियान १०० स्थानमा सञ्चालन गरिएको थियो, जसमा १.४७ करोडभन्दा अधिक डीएलसी तयार गरिएको थियो, जसमा केन्द्र सरकारका पेन्शनभोगीहरूको तर्फबाट ४५ लाख आवेदन प्राप्त भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement