गान्तोक: राज्यपाल ओम प्रकाश माथुर केही दिनदेखि मंगन जिल्लाको भ्रमणमा रहेका थिए। विशेष गरेर गत वर्षको बाढले क्षति पुऱ्याएको गाउँहरूको उनले निरन्तर निरीक्षण गरिरहेका छन्। उनले निरीक्षणको क्रममा उनले चुङथाङको बाढ प्रभावित गाउँको भ्रमण गरेका थिए भने यसैलाई लिएर आज राजभवनमा एक प्रस्तुती आयोजना गरियो,जसमा राज्यपालले चुङथाङ ग्राम पञ्चायत यूनिटलाई काख लिनेबारे चर्चा परिचर्चा भयो। यस अवसरमा चुङथाङ ग्राम पञ्चायत यूनिटकी अध्यक्ष डिकी लेप्चाले आफ्नो प्रस्तुतीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम राज्यको निम्ति एक गतिशिल एवं सक्रिया राज्यपाल नियुक्त गरेकोमा आभर प्रकट गरिन्। उनले राज्यपालको दुरदर्शिताको प्रशंसा गर्दै चुङथाङ जीपीयूलाई काख लिएकोमा उनले धन्यवाद दिएकी छन्। यस अवसरमा राज्यपालाई लेप्चा समुदायको पारम्पारिक कोट प्रदान गर्दै सम्मान जनाइयो। लेप्चाले गत वर्षको बाढले चुङथाङलाई परेको प्रभावबारे जानकारी गराइन्। प्रस्तुतीको क्रममा लेप्चाले चुङथाङ जीपीयूको निम्ति विभिन्न माग राखिन्, जसमा राष्ट्रीय राजमार्गको वहाली, वैकल्पिक राजमार्ग, टिस्टा जलविद्युत परियोजनाको पुनर्बहाली लगायत अन्य मागहरू राज्यपाल समक्ष राखिन्। भारतमाला परियोजना अन्तर्गत उत्तर जिल्लाको सडकलाई सीमा रक्षाको दृष्टिलाई ध्यानमा राख्दै यसको समस्या समाधानको निम्ति पहल गर्ने निर्देश दिए।