एउटा कारको धक्काले चीनमा कम्तीमा ३५ जनाको मृत्यु

00-1-China-Car-incident

चीनको झुहाईमा रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई एउटा कारले धक्का दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन्। चिनियाँ अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन्। कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि पुलिसले नियन्त्रणमा लियो। तर, पुलिसले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ। यस शहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुंगोमा चित्त नबुझेकाले मानिसको भीडमा गाडी चढाएको पुलिसले जनाएको छ। कार चालक अहिले बेहोश रहेकाले पुलिसको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement