लेहमा प्यारा खेल केन्द्र बनाउने तयारी शुरु

IMG-20241112-WA0290

लेह: लद्दाखको लेहमा विश्वको पहिलो उँचाईमा स्थित प्यारा खेल केन्द्र बनाइनेछ। यसलाई बनाइनुको मुख्य उद्देश्य लस एञ्जिलिस २०२८ प्यारालम्पिक अघि खेलाड़ीहरूलाई कौशल र आत्मविश्वास बढ़ाउने मौका दिनु हो। लद्दाख स्वायत्त पार्वतीय विकास परिषद, लेह र आदित्य मेहता फाउण्डेशनबीच यस उद्देश्यको साथ सहमति पत्रमा हस्ताक्षर गरियो। परिषदका मुख्य कार्यकारी काउन्सिलर अधिवक्ता ताशी ग्यालसनले भने, प्यारा खेलहरूमा विश्वको पहिलो उँचाईमा स्थित केन्द्र लेगमा बनिरहेको छ अनि यो हाम्रो निम्ति गर्वको कुरा हो। भारतीय प्यारा एथलीटहरूले पेरिस ओलम्पिक २०२४-मा २९ वटा पदक जिते। यस आँकड़ाले हाम्रो देशमा रहेको प्रतिभाहरूलाई प्रोत्साहित गर्नेछ। हामी यस केन्द्रबाट प्यारा एथलीटहरूले समस्त सुविधाहरू प्राप्त गर्ने आशामा छौं। यस केन्द्रमा आर्चरी, एथलेटिक्स, ब्याडमिण्टन, नेत्रहीन फूटबल, बोकिया, केनोईंग, साइक्लिंग, घोड़ा सवारी, गोलबल, जूडो, बास्केटबल, तलवारबाजी, व्हीलचेयर रग्बी, पावरलिफ्टिंग, नौकायन, शूटिंग, भलीबल, स्वीमिंग, टेबल टेनिस, ताइक्वाण्डो, ट्रायथलन, व्हीलचेयर टेनिस आदि खेलहरूको प्रशिक्षण हासिल गर्न सकिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement