सरकार युवा उद्यमीहरुलाई सहयोग गर्न तयार छः उद्योग मन्त्री भोटिया

IMG-20241112-WA0285

गान्तोक: राजधानी गान्तोकमा नीति आयोगले स्टार्टअप इकोनोमिक्स विकासमाथि एक कार्यशाला आयोजन गऱ्यो। कार्यशाला योजना अनि विकास विभागको सहकार्यमा सम्पन्न भएको हो। आज गान्तोकको एक स्थानीय होटलमा आयोजित कार्यशालामा सिक्किम सरकारका वाणिज्य तथा उद्योग अनि पर्यटन विभागका मन्त्री छिरिङ टेन्डुप भोटिया प्रमुख अतिथिका रुपमा उपस्थित थिए। नीति आयोगको तर्फबाट कार्यक्करम निर्देशक मेजर जनरल के नारायणन सहभागी थिए। यसका साथै नीति आयोगका अधिकारी डा चिन्तन वैष्णव साथै सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागीय सचिव कर्मा डोमा युत्सो लगायत उत्तरपूर्वी भारतका विभिन्न राज्यका उद्यमीहरू सहभागी थिए। मन्त्री भोटियाले सम्बोधनमा उत्तरपूर्वी राज्यमा सिक्किमको लागि स्टार्ट-अप इकोसिस्टम विकासले ठूलो प्रभाव पार्ने र उद्यमीहरूलाई लाभ पुग्ने उल्लेख गरे। यसले उद्यमीहरुलाई अत्यधिक प्रोत्साहन दिइएकाले सिक्किमको स्टार्टअप इकोसिस्टम द्रुत गतिमा बढने बताए। उनले उद्यमीहरुलाई सहयोग गर्न राज्य सरकार सधैँ तयार रहेको बताए। उनले सिक्किममा अटल इन्क्युबेशन सेन्टर, मणिपाल युनिभर्सिटीको पनि जिकिर गरे। इनक्यूबेटरले युवा उद्यमीहरूलाई आफ्नै उद्यम सुरु गर्नेलाई पूर्वाधार, मेन्टरशिप र अनुदान उपलब्ध गराएको जानकारी गराए। त्यसैगरी उनले युवा उद्यमीहरूलाई आफ्ना नयाँ विचारहरूलाई वास्तविकतामा परिणत गर्ने सल्लाह दिए। उनले राज्यका पर्यटन, हस्तशिल्प, औषधीय बिरुवा, फ्लोरिकल्चर, चिया, मसला र बायोटेक्नोलजीमा जोड दिए। यसअघि, डा. वैष्णवले आफ्नो उद्घाटन मन्तव्यमा स्थानीय चुनौतिहरू समाधान गर्न र व्यवसायिक प्रभाव सिर्जना गर्न स्टार्टअपहरूको भूमिकालाई प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement