युवतीलाई जिस्काएको आरोपमा एक युवक पक्राउ

IMG-20240717-WA0001

सिलगढी: युवतीलाई जिस्काएको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। अभियुक्तको नाम सुधीर राय हो। एनजेपी थाना अन्तर्गतको इलाकामा सुधीर रायले केही दिनदेखि युवतीलाई पिछा गरेको जानकारी प्राप्त भएको छ। बारम्बार उसलाई सताइरह्यो। हिजो राति उक्त युवती कुनै कामको लागि बाहिर गएकी थिइन्। उनी काम सकेर साँझ घर फर्कदै थिइन्। त्यही बेला सुधीर रायले युवतीको बाटो रोकेर हात समातेको आरोप छ। सुधीर रायले युवतीमाथि दुव्र्यवहार गरेको पनि आरोप छ। त्यसपछि युवतीले एनजेपी पुलिस थानामा यस सम्बन्धमा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा उजुरीका आधारमा अनुसन्धान गरिरहेको एनजेपी पुलिस थानाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुधीर रायलाई पक्राउ गरेको थियो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

Advertisement