राजगञ्ज: बेलाकोवाको साहेबबारी तालमा खोलामा बनेको जीर्ण पुलबाट यस क्षेत्रका धेरै गाउँका बासिन्दा ज्यान जोखिममा पारेर आवतजावत गरिरहेका छन्। जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने स्थानीयवासीले डराउँछन्। राजगञ्जको शिकारपुर ग्राम पञ्चायतमा तालमा खोलामाथिको फलामको पुल धेरै वर्षअघि बनेको थियो। उक्त पुलका फलामका पोल जीर्ण भएका छन्। यति मात्र होइन, रेलिङ भाँचिएको छ।जलपाईगुडी जिल्ला परिषदले यस कमजोर पुलमा भारी सवारी साधनको आवतजावतमा प्रतिबन्ध लगाएको छ। पुल यति जीर्ण भइसकेको छ कि यसमा साइकल वा गाडा चलाउँदा पनि पुल हल्लिन थाल्छ। यो पुल जुनसुकै बेला भत्किने डर स्थानीयवासीमा छ। लामो समयदेखि पुलको अवस्था नाजुक रहेको र पुलमुनि रहेका फलामका पोल जीर्ण बनेको स्थानीयले बताएका छन्। यो पुलबाट दैनिक हजारौं मानिस आवतजावत गर्छन्। जिल्ला परिषद्ले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ। उनले जतिसक्दो चाँडो पुल निर्माण गर्न माग गरेका छन्।राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्ज विधानसभामा विभिन्न पुलको काम सुरु भएको बताए। यो पुलको टेण्डर डिसेम्बरमा हुने र जनवरीमा पुलको काम सुरु हुनेछ।








