दार्जिलिङ: युवा पीढ़ीलाई रोजगारयोग्य बनाउनका लागि सरकारको पक्षबाट चारवटा कौशल केन्द्र शुरू गरिनेछ भनेर मुख्यमन्त्री ममता ब्यनर्जीले मंगलवार दार्जिलिङमा गोर्खाल्याण्ड प्रादेशिक प्रशासन (जीटीए) सित बैठक गरेपछि उक्त मन्तव्य व्यक्त गरिन्।
यस बैठकमा मुख्यमन्त्रीले जीटीएसित बैठक गरी पहाड़को विकासको समीक्षा पनि गरिन्।
प्रशासन सूत्र अनुसार, मुख्यमन्त्रीले अपरान्ह लगभग साढ़े तीन बजे जीटीएका सदस्यहरूसित बैठक गरिन्। बैठकमा जीटीए अतिरिक्त अन्य विभिन्न जनजाति बोर्डका सदस्यहरू उपस्थित थिए। सूत्र मुताविक, मुख्यमन्त्रीको बैठकमा विभिन्न जनजातिको लागि गठित बोर्डका कार्यहरूको समीक्षा गरियो। यता हालैमा प्राकृतिक आपदाको कारणले पहाड़का केही स्थानहरूमा पैह्रो गएको थियो भने कतिपय क्षेत्रमा बाढ़ी आएको थियो। प्रभावित क्षेत्रहरूमा के काम भयो यसको पनि मुख्यमन्त्रीले समीक्षा गरिन्। त्यसपछि उनले पहाड़को विकासको लागि केही परियोजनाहरूको घोषणा गरिन्।