१४ नोभेम्बरमा सरोज गुप्त क्यान्सर सेन्टर एण्ड रिसर्च इन्स्टिच्युटले बाल दिवसको विशेष कार्यक्रम आयोजना गर्ने

Logo

कोलकाता: अघिल्ला वर्षहरू झैं यस वर्ष कोलकाताको ठाकुरपुकुर स्थित सरोज गुप्त क्यान्सर सेन्टर एण्ड रिसर्च इन्स्टिच्युटले १४ नोभेम्बर (बिहीबार) मा दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म एसजीसीसीआरआई अडिटोरियममा बाल दिवसको उत्सव मनाउने एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। प्रख्यात भारतीय अभिनेता तथा गायक साहेब च्याटर्जी प्रमुख अतिथिको रूपमा उपस्थित रहने भएका छन्। साथै, सन्त स्टिफन स्कूल, बोउबाजारका मानार्थ सचिव इमरान जाकी र सुखमणि डेभलपर्स (प्रा.) लिमिटेडका प्रबन्ध निर्देशक राजेन्द्र सिंह विशिष्ट अतिथिको रूपमा उपस्थित रहने बताइएको छ।
सुपरस्टार गायक मास्टर रोहन दासले पनि विशेष अतिथि रूपमा उपस्थिति जनाउन सहमति जनाएको छ र आफ्नो टोलीसँग मिलेर बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने विज्ञप्तिमा बताइएको छ। प्रख्यात चित्रकार सोमनाथ चौधरी विशेष अतिथि र बाल बिरामीहरूले बनाएका चित्रहरूका निर्णायक रूपमा उपस्थित हुनेछन् भने उनले बालबालिकालाई चित्र कोर्न र रंग गर्न सिकाउने छन्।
विज्ञप्तिमा बताइएअनुसार, भाग्यवश, बालबालिकामा हुने ७०% क्यान्सरहरू ल्यूकेमिया (रक्त क्यान्सर) हुन्, जसको ७०% समयमै पत्ता लागेमा र उचित उपचार गरिएमा निको हुनसक्छ। सरोज गुप्ता क्यान्सर केन्द्र तथा अनुसन्धान संस्थान, जसको स्थापना १०७३ मा प्रख्यात क्यान्सर विशेषज्ञ दिवंगत डा. सरोज गुप्ताको नेतृत्वमा एउटा दानस्वरूप प्राप्त दलदले जमिनमा भएको थियो, सदैव आर्थिक रूपमा कमजोर क्यान्सर बिरामीहरूको उपचारमा केन्द्रित रहँदै आएको छ। सम्भवतः यो भारतको एकमात्र क्यान्सर उपचार केन्द्र हो जसले बालबालिकाहरूको लागि समर्पित अस्पताल उपलब्ध गराएको छ।
यस अस्पतालको बालबालिका कक्षमा बालबालिकाहरूको मनोरञ्जनका लागि खेलौना केन्द्र, पार्क, जलाशय, खेलौना रेल, एम्फिथिएटर आदि विभिन्न सुविधा उपलब्ध छन्। धेरैजसो बालबालिका आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका हुन्छन्, जसले गर्दा उपचारको सम्पूर्ण अवधि, जुन प्रायः ६ महिनासम्म रहन्छ, धेरै पटक बेड शुल्क मिनाहा गरिन्छ भन्ने कुरा विज्ञप्तिमा बताइएको छ।
प्रेस विज्ञप्तिमा यसरी बताइएको छ, ‘हामी भाग्यशाली छौं कि धेरै शुभेच्छुक र एनजीओहरूले प्रायः हाम्रो अडिटोरियममा बालबालिकाका लागि जादु प्रदर्शन, सिट एण्ड ड्र प्रतियोगिता, नाटक र अन्य सांस्कृतिक कार्यक्रमहरू जस्ता विभिन्न मनोरञ्जन कार्यक्रमको आयोजना गरिरहन्छन्। हामीलाई यो कुरा बताउन पाउँदा खुशी लाग्छ कि क्यान्सर, विशेष गरी ल्यूकेमिया, भएका धेरै बालबालिका निको भएका छl हामीसँग धेरैजना जीवित छन् जो आफ्नो करियरमा राम्रोसँग स्थापित छन्। तीमध्ये धेरैजना यस अवसरमा आउनेछन् ताकि नयाँ पहिचान गरिएका बालबालिकाहरूलाई प्रेरित गर्न सकून्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement