पहाड़मा ४ वटा कौशल विकास केन्द्र निर्माण गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणा

IMG-20241112-WA0263

दार्जीलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा जीटीए सभा अनि विकास बोर्ड पदाधिकारीहरूसितको बैठकपछि मिडिया सम्बोधनमा पहाड़मा ४ वटा कौशल विकास केन्द्र निर्माण गर्ने घोषणा गरिन्। उनले यसको अभिभार जीटीए सभालाई सुम्पेको बताइन्। उनले ३ महिना लामो प्रशिक्षणपछि राज्यका ३ सय अधिक उद्योगहरूमा पहाडका युवाहरुलाई रोजगार दिलाउने व्यवस्था गरिने जनाइन्। स्वनिर्भर दलहरूलाई लिएर भोलि हुने सरस मेलाको प्रसङ्ग उठाउँदै उनले सरकारी योजना अन्तर्गत जिल्ला अनुसार पीपीपी मोडलमा निर्माण गरिने नयाँ भवनको दुई तल्ला स्वनिर्भर दलहरूलाई प्रदान गरिने बताइन्। पछिल्लो २०१२ यता सरकारमा आएपछि चियावारी क्षेत्रमा ५५ हजार अधिक पर्जापट्टा वितरण गरिएको बताउँदै उनले चिया उद्योगमाथि काम भइरहेको अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement