जहाँ देखिन्छ उत्तर र दक्षिणको प्रष्ट भिन्नता

00-1-Uganda

भ्लागरहरूले बनाएका भिडियोहरू र ब्लगहरूमा घरमै बसेर संसारका उदेकका ठाउँहरू देख्न पाइन्छl एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पृथ्वी गोलो भन्ने कुरा सबैलाई थाहा भएकै होl त्यसैले त्यहाँ एक भाग छ जहाँबाट यसलाई आधामा विभाजित गरिएको छ। यो काल्पनिक डिभाइडर विश्वका धेरै देशका विभिन्न शहर हुँदै गए पनि अहिले युगान्डाको भूमध्य रेखाको भिडियो भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा एक व्यक्ति युगान्डाको भूमध्य रेखाको अगाडि उभिरहेको देख्न सकिन्छ। यो भूमध्य रेखा, पृथ्वीलाई विभाजन गर्ने काल्पनिक रेखाको अंश हो भनी उनी बताउँछन्। यसका साथै उनले यहाँ दक्षिण र उत्तरी ध्रुव विभाजित भएको पनि यसको विशेषता बताइरहेका छन्। यस्तो अवस्थामा पानीलाई उत्तरतर्फ घुमाएमा घडीको दिशामा घुम्छ, तर दक्षिणतर्फ राखेर हलचल गरेमा घडीको विपरीत दिशामा घुम्न थाल्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement