पूर्व सांसद शान्ता छेत्रीद्वारा मुख्यमन्त्री राहत कोषमा प्रदान गरिन् १ लाख रूपियाँ

IMG-20241112-WA0282

दार्जीलिङ: पूर्व राज्यसभा सांसद शान्ता क्षेत्रीले मुख्यमन्त्री राहत कोषमा १ लाख १ हजार रुपियाँ प्रदान गरिन्। पहाड भ्रमणमा रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीकी ओएसडीमार्फत उनले आज उक्त राशि प्रदान गर्ने जानकारी दिएकी छन्।‌ उनी अखिल भारतीय तृणमूल कंग्रेस दार्जीलिङ जिल्ला समिति अध्यक्ष पनि हुन्।
‘गोर्खे चेली इन पार्लिमेण्ट’ नामक उनको पुस्तकलाई प्राप्त हुने अनुदान राशिको ३५ प्रतिशत राहत कोषमा प्रदान गरिनु अतिरिक्त ३५ प्रतिशत प्रकाशक अनि ३० प्रतिशत ओल्डएज होम साथै रहल मृगौला रोगीहरुबीच वितरण गरिने बताइएको छ। अंग्रेजी भाषामा लिखित उक्त पुस्तकमा व्यक्तिगत राजनैतिक जीवनको सूत्रपात, राजनीतिक गुरूद्वय सुवास घिसिङ अनि ममता ब्यानर्जीको साथमा ६ वर्षीय अवधि राज्यसभा सांसदको रुपमा पहाड, राज्य अनि रार्ष्ट्रिय मुद्दासम्बन्धी उठान गरेकी ४१८ वटा प्रश्न अनि १४ वटा स्वीकृत प्राइभेट मेम्बर बीलबारे चर्चा गरिएको उनले मिडिया सम्बोधनमा जनाएकी छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement