संसद चुनावमा तृणमूल कंग्रेसको प्रार्थी गोपाल तामाङ सांस्कृतिक विकास बोर्डको चेयरम्यान मनोनित

IMG-20241112-WA0276

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार गोपाल लामा तामाङ सांस्कृतिक विकास बोर्डको चेयरम्यान चयन भएका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा पहाड़मा रहेका विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरूसित महत्वपूर्ण बैठक गरेकी थिइन्। यसावधि विकास बोर्डहरुका सञ्चालनको लागि मनिटेरिङ सेल गठन गरिने मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरिन् भने उक्त मनिटेरिङ सेलमा चेयरम्यानको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा हुने अनि भाइस चेयरम्यान एलबी राई हुने घोषणा गरिन्। यसको साथै हालमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार गोपाल लामालाई तामाङ सांस्कृतिक विकास बोर्डको नयाँ चेयरम्यानको पदमा मनोनित गरिएको छ। गोपाल लामा गत संसदीय चुनावमा दार्जीलिङ संसदीय सिटबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थीको रूपमा चुनाव लड़ेका थिए। उनी पूर्व प्रशासनिक अधिकारी पनि हुन्। हिजो सोमबार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आएकी समय जीटीए प्रमुख अनित थापासितै गोपाल लामाले पनि अग्र पङ्तिमा रहेर मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा स्वागत जनाएका थिए। हिजदेखि नै गोपाल लामालाई राज्यकी मुख्यमन्त्रीले केही ठूलो पद दिनसक्ने अनुमान चुलिएको थियो। उनी मुख्यमन्त्री ममता ब्यानर्जीको कनवेसितै दार्जिलिङ प्रस्थान गरेका थिए। उनी आज पनि मुख्यमन्त्री ममता ब्यानर्जीको बैठकमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement