शहरी विकास विभागका सचिव एमटी शेर्पाद्वारा समीक्षा बैठक

गान्तोक: भारत सरकारका ध्वजवाहक कार्यक्रमहरू दीनदयाल अन्त्योदय योजना-राष्ट्रिय शहरी आजीविका मिशन, प्रधानमन्त्री आवास योजना र पीएम स्ट्रीट भेन्डर आत्मानिर्भर निधिको प्रगतिलाई लिएर शहरी विकास विभागका सचिव एमटी शेर्पाले शुक्रवार आफ्नो कार्यालयमा समीक्षा बैठक गरे। बैठकमा सबै सात शहरी स्थानीय निकायका प्रतिनिधिहरू, अभियान निदेशकहरू, शहरी एसएचजी आदि उपस्थित थिए। समीक्षा बैठक आयोजन गर्नुको उद्देश्य योजना कार्यान्वयनको प्रगतिको जानकारी लिनु र प्रगतिको गतिलाई बढ़ाउन रणनीति तयार गर्नु रहेको थियो।

सचिव शेर्पाले स्थानीय शहरी निकायहरूलाई विभागको संयुक्त तत्वावधानमा ब्याङ्क, टाउन भेण्डिङ कमिटी, लाभार्थीहरू तथा अन्यहरूसॅंग बैइक आयोजन गर्न निर्देश दिए। बैठकमा सेप्टेम्बर २०२२ को अन्तसम्म लोनका लागि धेरैभन्दा धेरै लाभार्थीहरूलाई ब्याङ्कसॅंग जोड्ने निर्णय लिइयो। उनले लाभार्थीहरूलाई लाभ पुऱ्याउन समर्पित बनेर काम गर्न आह्वान गरे। सचिवले दीनदयाल अन्त्योदय योजना-राष्ट्रिय शहरी आजीविका मिशन र पीएम स्ट्रीट भेन्डर आत्मानिर्भर निधिमा निकायहरूको अझ धेर संलग्नतामाथि बल दिए। बैठकमा एसएचजीहरूले हालैमा सम्पन्न हर घर तिरंगा अभियानमा प्रयोग गरिएका तिरंगाबाट निर्मित क्यारी ब्याग प्रदर्शित गरे। उक्त ब्यागहरू प्लास्टिक ब्यागको विकल्पको रूपमा प्रयोग गर्न सकिने छन्। विभागले उक्त ब्यागहरू किनेर विभिन्न हितधारकहरूमा प्रचार प्रसारका लागि वितरण गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement