सिक्किमको फोहोर सिलगढीमा फालेको फाल्नेविरुद्ध पर्यावरणविद्हरूले उठाए आवाज

IMG-20241112-WA0261

सिलगढी: सिक्किमको फोहोर सिलगढी नजिकैको फाराबारी नेपाली बस्तीमा फालिएको भन्दै धेरै पर्यावरण संगठनहरूले एकजुट भएर सिलगढी पुलिस आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन्। केही दिनदेखि सो क्षेत्रमा सवारीसाधनबाट फोहोर फाल्ने गरेको समाचार प्राप्त भएको उनीहरूले बताए। त्यही अनुसार हिजो गएर कैयौं सवारी साधन नियन्त्रणमा लिएर पुलिसलाई बुझाएको बताइएको छ।

पर्यावरण संगठनका प्रतिनिधिहरूले भने, ‘ हामीलाई थाहा छ ती सवारीसाधनहरूले सिक्किमबाट फोहोर ल्याएर यस क्षेत्रमा फ्याँकिरहेका छन्। त्यसैले आज सिलगढी शहरका धेरै पर्यावरण प्रेमी संगठनहरूले सिलगढी पुलिस आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन्। ताकि उनीहरुले यस सम्बन्धमा तुरुन्तै पहल गरोस्। त्यस पछि हामी प्रदूषण नियन्त्रण विभागका सबै अधिकारीहरू, जलपाईगढीका जिल्लापाल, डीएफओ, वनलाई यस बारे सूचित गर्नेछौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement