मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़लाई धेरै माया गर्नुहुन्छ – अनित थापा

IMG-20241112-WA0273

दार्जिलिङ: मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़लाई धेरै माया गरेको भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसितको महत्वपूर्ण बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले मुख्यमन्त्री भोट मांग्नु पहाड़ नआएको र हामीले भोट नदिन्दा पनि यदि धेरै माया गरेर विकास कार्यहरूको घोषणा गरेको झन भोट दिएर जिताएको खण्डमा झन के होला भनी बताएका छन्। अनित थापाले पहाड़मा शान्ति कायम गर्न र विकासको लागि राज्यसित मिलेर काम गरिरहेको बताउँदै शान्ति मै विकास हो भन्दै २०१७ देखि पहाड़मा राज्यसित मिलेर काम गरिरहेको बताएका छन्। उनले पहाड़मा शान्तिको कारणले विकासको कार्य भईरहेको र पर्यटन व्यवसाय पनि धेरै फस्टाएर गईरहेको र आफुले पनि होम स्टे सञ्चालन गरिरहेको बताएका छन्। अनित थापाले मुख्यमन्त्रीसितको आजको बैठकमा जीटीए क्षेत्रको विभिन्न विकासहरूका लागि चर्चा भएको र आफुले पहाड़मा देखिएको ट्राफिक जामको समस्या समाधानको लागि मुख्यमन्त्री समक्ष निवेदन गरेको र त्यसको लागि कार्य गरिदिने आश्वासन दिएक बताएका छन्। थापाले मुख्यमन्त्री पहाड़ आएको बेला पहाड विकासको कुरा हुने बताउँदै धेरै विकासका कार्यहरू भईरहेको पनि बताएका छन्। उनले स्वनिर्भर दलहरूका लागि प्रत्येक ठाउँमा मार्केट हाउस निर्माण गरिने घोषणा मुख्यमन्त्रीले गरेको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement