मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जीटीए साथै विकास बोर्डहरुका चेयरम्यानहरूसित महत्वपूर्ण बैठक

IMG-20241112-WA0264

विकास बोर्डहरुको लागि मनिटेरिङ सेल बनिने जसको चेयरम्यान अनित थापा हुने घोषणा

दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको निर्वाचित सदस्यहरूसित बैठक गरेकी छन्। यसको साथै पहाड़मा रहेका विभिन्न १६ वटा विकास बोर्डहरुका चेयरम्यानहरूसित पनि बैठक गरिन्। उक्त बैठक आज दार्दिलिङको रिचमण्ड हिल्समा सम्पन्न भएको छ। उक्त बैठकपछि पत्रकारहरूसित बातचीत गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा रहेका १६ वटा विकास बोर्डहरु जीटीएको अधीनस्थ रहने घोषणा गर्दै विकास बोर्डहरुका मनिटेरिङ सेल गठन गरिने गरिन्। उनले जीटीएको प्रमुख कार्यपाल निर्वाचित भएकोले यसको चेयरम्यान अनित थापा हुने अनि भाइस चेयरम्यान एलबी राई हुने घोषणा गरिन्। उनले विकास बोर्डहरुको सञ्चालनको लागि जीटीएबाट पनि सुझाव मागिएको अनि एकदेखि डेढ महिनाभित्रमा यसको काम सुचारू हुने बताइन्। मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा रहेको चियाबारीहरूमा ५५ हजार पर्चा पट्टा वितरण गरिसकेको जानकारी गराउँदै पहाड़मा रहेका स्वनिर्भर दलहरूका लागि प्रत्येक गाउँमा मार्केट हाउस निर्माण गरिने बताइन्। उनले पहाड़मा देखिएको पार्किङको समस्या समाधान गर्नलाई सरकारी जमीन हेरेर पार्किङ स्थल बनाईने बताइन्।

मुख्यमन्त्रीसितको महत्वपूर्ण बैठकमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापा लगायत सबै निर्वाचितहरू सदस्यहरू साथै भागोप्रमोको मुख्य सल्लाहकार गोपाल लामा र विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरू उपस्थित रहेका थिए। त्यसरी नै मन्त्री अरूप विश्वास, दार्जिलिङ जिल्ला शासक प्रीति गोयल, कालेबुङ जिल्ला शासक सुब्रमन्यम टी. लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement