कोलकाता: नल घोटालामा संलग्न भएको आरोपमा मालदाको वैष्णव नगरबाट एक जनालाई पक्राउ गरिएको छ। पूर्वी बर्दवान थानाको पुलिसले हसन शेख नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। मालदाको वैष्णव नगर र पूर्वी बर्दवान जिल्ला पुलिसको संयुक्त अभियानमा गएराति उनलाई पक्राउ गरिएको हो। उनलाई घरबाटै पक्राउ गरिएको हो। यी युवक साइबर क्याफेका मालिक हुन्। स्रोतका अनुसार नल घोटालामा संलग्न रहेको यस युवकविरुद्ध प्रमाण फेला परेको छ।