अलिपुरद्वार: मदारीहाट विधानसभा उपचुनावको लागि भोलि मतदान हुँदैछ। अलिपुरद्वार जिल्लाको मदारीहाट विधानसभा डीसीआरसीका मतदान कर्मचारीहरू आज बिहान चुनावी सामग्री लिएर मतदान केन्द्रहरूको लागि प्रस्थान गरेका छन्। यसअघि साकवाझोडा–१ को बाँकुबजारलगायतका विभिन्न क्षेत्रमा भाजपा उम्मेदवार राहुल लोहार र भाजपा सांसद मनोज टिग्गाविरुद्ध पोस्टर टाँसिएको थियो। घटनालाई लिएर राजनीतिक तापक्रम बढेको छ।