शाहरुख खानलाई ज्यान मार्ने धम्की दिने व्यक्ति रायपुरबाट पक्राउ

00-1-Shah-Rukh-Khan-1

मुम्बई: बलिउड अभिनेता शाहरुख खानलाई मार्ने धम्की दिने र ५० लाख फिरौती माग्ने व्यक्तिलाई मुम्बई प्रहरीले आज रायपुरबाट पक्राउ गरेको छ। मंगलबार कारबाही गर्दै मुम्बई पुलिसले आरोपी फैजल खानलाई उनको घरबाट पक्राउ गरेको छ। यो भन्दा पहिले मुम्बई पुलिसले अभिनेता शाहरुखलाई धम्की दिएको र फिरौती मागेको आरोपमा पेशाले वकिल फैजानलाई पक्राउ गरेको थियो। शाहरुखलाई ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीले गरेको यो दोस्रो पक्राउ हो। आरोपी फैजल खानसँग सोधपुछका क्रममा ठूला खुलासा हुनसक्ने बताइएको छ। फैजल खानका वकिल विराट वर्माले भने कि फैजान खानले २० दिनअघि शाहरुख खानलाई नोटिस पठाएको थियो। शाहरुखले फिल्म अंजामबाट एउटा दृश्य हटाउन नोटिस पठाएका थिए। पुलिसको कारबाले शंका उत्पन्न भएको उनको भनाइ छ। फिल्म अभिनेता शाहरुख खानको ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका रायपुरका फैजल खानलाई मुम्बई पुलिसले पक्राउपछि अदालतमा हाजिर गरेर ट्रान्जिट रिमाण्डमा मुम्बई लैजाने तयारी गरेको उल्लेख छ। शाहरुख खानलाई धम्की दिएको मुद्दामा पुलिसले यसअघि वकिल फैजान खानलाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement