मदारीहाट विधानसभा उपनिर्वाचनका लागि भोलि मतदान हुँदै

IMG-20241112-WA0196

अलिपुरद्वार: मदारीहाट विधानसभा उपचुनावको लागि भोलि मतदान हुँदैछ। आज बिहानदेखि नै निर्वाचन कार्यकर्ताहरू अलिपुरद्वारको इनडोर स्टेडियमबाट चुनावी सामग्री लिएर मतदाता केन्द्रतर्फ प्रस्थान गरेका छन्। भोलि मतदाताले सत्तारुढ टीएमसी, भाजपा, आरएसपी, कांग्रेस र तीन स्वतन्त्र उम्मेदवार सहित सात उम्मेदवारको भाग्यको फैसला गर्नेछन्। मदारीहाट विधानसभा उपनिर्वाचनको लागि कुल त्यहाँ २२६ बुथहरू छन्। यहाँ करिब १२ सय मतदान कर्मचारी छन्। निर्वाचनमा केन्द्रीय बलका १४ कम्पनी र ६ सय पुलिस  खटाइने छन्। यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या २२०१०१ छ। जसमध्ये १० हजार ८२५३ पुरुष मतदाता छन्। जसमा ११ हजार १ हजार ८४३ महिला र पाँच तेस्रो लिङ्गी मतदाता रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement