पैदल दार्जीलिङ भ्रमणमा मुख्यमन्त्री ममता ब्यानर्जी

IMG-20241112-WA0226

पैदल यात्रामा स्थनीयहरू, विद्यार्थीहरू र पर्यटकहरूसित गरिन् भलाकुसारी

दार्जीलिङ: लगभग २ वर्षको अन्तरालपछि पाइला टेकेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आगमनको दोस्रो दिन दार्जीलिङ बजारमा भ्रमणमा निस्किन्। यस क्रममा उनी दार्जीलिङको मल रोड, चौरस्ता परिसर, क्लब साईड अनि एचडी लामा रोड पैदल हिँडेर स्थानीय मानिसहरू, विद्यार्थीहरू अनि पर्यटकहरुसित भलोकुसारी पनि गरिन्। आज अपरान्ह्र उनले जीटीए सभा अनि विभिन्न विकास बोर्डका नेतृत्वहरुसित उनले बैठक गर्ने निर्धारित कार्यसूची रहेको छ।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ पहाड़ भ्रमणमा हिजो सोमबार दार्जिलिङ आईपुगेकी हुन्छ आज उनले जीटीए र विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरूसित बैठक बस्दैछन्। मुख्यमन्त्री भोलि पनि दार्जिलिङ बसेर पर्सी बिहीबार पहाड़बाट फर्किने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement