उहिलेका जमानामा मानिसले औषधी कम खान्थे। यसको कारण उनीहरूको खानपान थियो। उहिलेका मानिसहरु खेतमा सब्जी खेती गर्थे र ताजा टिपेर खान्थे। उत्पादन कम थियो तर स्वास्थ्यको लागि हानिकारक थिएन। तर हिजोआज कृषि खेती पनि बढी नाफा कमाउने लोभमा परेका छन्। यस किसिमको खेतीले स्वास्थ्यमा असर गर्छ। बजारमा धेरै हरियो सब्जी देखिन्छ। पहिलेका डाक्टरहरूले यी खानेकुरा खान भन्थे। यो स्वास्थ्यको लागि वरदान थियो। तर अहिले उल्टो भइरहेको छ। अहिले मानिसहरु यी हरियो सब्जीबाट टाढा बस्न थालेका छन्। यसको कारण पनि जायज छ। सब्जीलाई हरियो बनाउनका लागि खतरनाक रसायनले रङ्ग लगाइने गरेको प्राय: नै समाचारहरू आइरहन्छ। आफ्नो उत्पादन बढी बेच्न कृत्रिम रङ प्रयोग गरेर सब्जीमा रंग लगाउने गरेको पनि प्राय: समाचारहरूमा सुनिन्छ। हिआज सब्जी किन्न बजार जाँदा यसको मूल्य सुनेर उदेक लाग्छ। यसैबीच, सब्जी बजारमा किनमेल गर्न गएका मानिसहरु पनि हरियो काँक्राको मूल्य सुनेर छक्क पर्छन्। तर काँक्रा ताजा देखिएपछि पसले महँगो मूल्यमा बिक्री गर्ने गर्छन्। तर वास्तवमा यस्तो रंग कतिपय काँक्राको असली हुँदैन। कतिपय काँक्राहरू हरियो रंग गरिएका हुन्छन्। बजारबाट एकदमै चम्किलो हरियो सब्जी घरमा ल्याएपछि ताजा छ भनी सोचेर पानीमा हालेर जाँच गर्नुपर्छ। स्वाभाविक रूपमा, रंग हरियो सब्जीबाट आउँदैन। तर केमिकलले रंगिएका सब्जीहरूको रंग हराउँछ। यी काँक्राहरूलाई मनतातो पानीमा हाल्ने बित्तिकै पानी हरियो देखिन्छ। यसैले किन्दा जाँचेर किन्नु आवश्यक छl










