तिनसुकिया: चअसमको तिनसुकिया शहरको बाईपास क्षेत्रमा मंगलवार बिहान भएको सड़क दुर्घटनामा एक सालको नानीसहित चार जनाको मृत्यु भएको छ।मृतकहरूको पहिचान अर्थ गुप्ता, राजेश गुप्ता, मोण्टू शाह र महत शाहको रूपमा भएको छ। महत शाह परिवारलाई बिहारबाट तिनसुकिया बोरडूबी पुऱ्याउन गएका थिए। जानकारी अनुसार, कार अनियन्त्रित भएर पुलमुनि झरेर पानीभित्र पस्यो। दुर्घटनामा कारमा यात्रा गरिरहेका सबै यात्रुको मृत्यु भयो। पुलिसले क्रेनको मद्दत लिएर दुर्घटनाग्रस्त कारलाई बाहिर निकाल्यो। शवहरू पोस्टमार्टमको निम्ति पठाइएको छ।











