गुवाहाटीका सुनसहित महिला तस्कर पक्राउ

सिलगढी: इन्डो-म्यांमार सीमानाबाट सिलगढीको बाटो हुँदै दिल्लीमा सुन तस्करी गर्न अगावै डीआरआई टोलीले सुनसहित एकजना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्कर महिला गुवाहाटी निवासी बलजिन्दर कौरको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार, गोप्य सुइँको पाएर राजधानी ट्रेन आमबाड़ी-फालाकाटा रेलवे स्टेशनमा रोक्न साथ डीआरआई टोलीले सन्देहको आधारमा बलजिन्दर कौरलाई छानबिन साथै सोधखोज गरे यसपछि तिनको ब्यागमा छानबिन गर्दा सुनको ६ वटा बिस्कुट फेला पारे। यसपछि डीआरआई-ले उक्त महिलालाई हिरासतमा लिएर आफ्नो कार्यालयमा लगेर सोधखोज गर्दा उक्त महिलाले सुन सम्बन्धित कुनै पनि वैध कागज देखाउन सकेनन्। यसपछि डीआरआई ले बलजिन्दर कौरलाई सुन तस्कर गरेको आरोपमा पक्राउ गरे। आज शनिवार आरोपी महिलालाई सिलगढी अदालतमा पेश गयो। यस विषयमा डीआरआई का वकिल रतन बनिकले बताए अनुसार डीआरआई-ले गुवाहाटीका महिलालाई ९९६ ग्राम ओजन भएको ६ वटा सुनको बिस्कुट सहित पक्राउ गरेको छ, जसको बजार मूल्य ५१ लाख २४ हजार ४२० रूपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement