मिरिकका पाँच स्रष्टाहरू अन्तर्राष्ट्रीय तथागत सृजन सम्मानद्वारा सम्मानित

IMG-20241112-WA0116

मिरिक: सिद्धार्थ तथागत कला साहित्य संस्थान इटवा शिद्धार्थ नगरको आयोजनामा सम्पन्न कार्यक्रममा मिरिकका पाँचजना स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मानद्वारा सम्मानित गरियो। सम्मानित हुनेहरूमा मिरिकका नारी हस्ताक्षर डाक्टर कमला तामाङलाई अन्तर्राष्ट्रिय तथागत भूषण सम्मान’२४ ले सम्मानित गरियो भने कवि एवं पत्रकार मुस्कान राई खेसहाङ, पत्रकार एवं गजलगाे मनाेहर शर्मा, कथाकार एवं शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कारले सम्मानित गरिएको छ। उक्त कार्यक्रममको अध्यक्षता उत्तर प्रदेशका वरिष्ठ साहित्यकार एवं चित्रकार डा. राजेन्द्र परदेशीले गरेका थिए भने वरिष्ठ साहित्यकार एवं गोरखपुरका आयकर आयुक्त (आईआरएस) अमलेन्दुनाथ मिश्र प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसरी नै सिद्धार्थ नगर तथागत कला-साहित्य संस्थानका अध्यक्ष डा भाष्कर शर्मा, सचिव सन्तोष कुमार, बिहारका साहित्यकार एवं अतिरिक्त जिल्ला न्यायधीश प्रतिभा चौहान, साहित्यकार एवं नेपाल काठमाण्डौंका सांसद डा रेखा यादव, साहित्यकार एवं मिरिक नगरपालिकाका पूर्व चेयरमेन डा कमला तामाङ, प्राध्यपक डा. हंसराज कुशवाहा साथै देश विदेशका साहित्यकार एवं पत्रकारहरूको उपस्थिति रहेको थियो। उक्त सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार एवं आयकर आयुक्त गोरखपुर अमलेन्दु नाथ मिश्र (आईआरएस) एवं विशिष्ट अतिथिकाे रूपमा वरिष्ठ साहित्यकार एवं सीवान (बिहार)का अतिरिक्त जिला न्यायाधीश प्रतिभा चौहान तथा नेपालका चर्चित साहित्यकार एवं सांसद डाक्टर रेखा यादव डाक्टर कमला तामाङ(मिरिक – दार्जीलिङ), अनुवादक एवं सिने कलाकार, डाक्टर रघुवीर शर्मा, सहायक निदेशक, राजभाषा (दिल्ली), डाक्टर ठाकुर प्रसाद चौबे, संचालक, परिन्दें प्रकाशन(दिल्ली) चर्चित साहित्यकार एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निदेशालय दिल्ली दीपक पाण्डेय, लेखिका एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निर्देशालय दिल्ली डाक्टर नूतन पाण्डेय, चर्चित साहित्यकार मुकेश कुमार ठाकुर, अमृता राणा, साहित्यकार (डुवर्स , पश्चिम बंगाल, भारत) सकिला गुरूङ, सिने कलाकार (मिरिक दार्जीलिङ), दीप प्रधान कथाकार (मिरिक दार्जीलिङ ) मुस्कान ‘खेसाङ’ राई, कवि , पत्रकार (मिरिक दार्जीलिङ), मञ्जुला तामाङ, साहित्यकार (दार्जीलिङ) अमला सुब्बा छेत्री, साहित्यकार (दार्जीलिङ), पवित्र राई, कवि (खरसाङ, दार्जीलिङ) मनोहर राई, समाजसेवी (खरसाङ, दार्जीलिङ), लुईस विष्ट, कवि (गान्तोक, सिक्किम) ललित लोहार, कवि (गान्तोक, सिक्किम), प्रदीप बिहारी, वरिष्ठ साहित्यकार (बेगूसराय), मनोहर शर्मा, कवि, गजलकार (मिरिक दार्जीलिङ), बेबी करफमा, साहित्यकार (काेलकत्ता, पं.बगाल ) बिकास कार्की, वरिष्ठ सम्पादक, साहित्यकार (सलुवा,पश्चिम बंगाल, भारत) अशोक रोक , वरिष्ठ साहित्यकार (डुवर्स, पश्चिम बंगाल, भारत), रुद्र बराल, कवि,अनुवादक, समालोचक, सम्पादक, नेपाली/असमीयामा लेखन – ( शोणितपुर, असम) अनुपमा कट्टेल, असम (कवि, अनुवादक, हिन्दी/नेपाली/असमीयामा लेखन) डाक्टर मंजू मणि शईकीया(लखिमपुर, असम), हिन्दी, असमिया लेखन एवं अनुवादक, रामबाबु दाहाल,साहित्यकार(नेपाल) आकाश अधिकारी बालहरी, साहित्यकार(नेपाल) अंशु झा, साहित्यकार(नेपाल), मधु पोख्रेल, साहित्यकार(नेपाल) देवकी निरौला, साहित्यकार(नेपाल) चर्चित साहित्यकार एवं सम्पादक रूपेश कुमार चौहान(दिल्ली)लाई पनि सो सम्मानद्वारा सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement