गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीको गेजिङ जिल्ला कमिटीको महासचिव एबी सुब्बाको आकस्मिक र असामयिक निधनको खबरले आफु स्तब्ध एवं दु:खी बनेको बताएका छन्।
मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुक पोस्टमा दिवंगत एबी सुब्बा पार्टी एक अनुभवी र समर्पित सदस्य थिए भन्दै आफ्नो अटल समर्पण र अथक समर्थनका साथ उनी हरेक चुनौती र अप्ठ्यारोहरूमा हामीसॅंगै उभिएका थिए भनी बताएका छन्।मुख्यमन्त्रीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन समयको सामना गर्न शक्तिको निम्ति प्रार्थना गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको निम्ति कामना गर्दै संगठनको वास्तविक स्तम्भ गुमाएकोमा शोक व्यक्त गरेका छन्।










