कराची: च्याम्पियन्स ट्रफीको आयोजनबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-सँग स्पष्टीकरण माग्नेछ। पीसीबी-को भनाइअनुसार, उनीहरूलाई भारतीय टीम टुर्नामेण्टको निम्ति नआउने मात्र बताइएको छ तर हाइब्रिड मोडलको प्रस्तावबारे कुनै जानकारी दिइएको छैन। आईसीसी-ले पीसीबी-लाई आउँदो साल फरवरीमा हुने टुनमिण्टको निम्ति बीसीसीआई-ले आफ्नो टीम पाकिस्तान नपठाउने मात्र भनेको छ। पीसीब- का एकजना शीर्ष अधिकारीले उनीहरूलाई च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा गराउनेबारे कुनै जानकारी नरहेको दावी गरे। गत वर्ष एशिया कपमा हाइब्रिड मोडल अप्नाइएको थियो जब भारतको म्याचहरू श्रीलंका अनि रहल सबै म्याच पाकिस्तानमा भएको थियो। यसपाली च्याम्पियन्स ट्रफीको निम्ति भारतको म्याचहरू दुबईमा गराइने सम्भावना छ। पीसीबी-का अधिकारीले भने, पीसीबी-ले आफ्नो कानूनी सल्लाहकारहरूसँग कुराकानी गरेर आईसीसी-सँग सम्पर्क गरिनेछ, जसमा भारतको फसेलामाथि स्पष्टीकरण मागिनेछ। पीसीबी जरूरी दिशा- निर्देशहरूका निम्ति सरकारसँग सम्पर्कमा रहेको छ। यसबाहेक पाकिस्तान सरकारले भारतसँग क्रिकेट सम्बन्धहरूमाथि कठोर फसेला लिए आईसीसीले निम्ति यसको कानूनी हल निकाल्नु पर्नेछ। उनले भने, व्यावसायिक साझेदारहरूको तर्फबाट कानूनी नतीजा भोग्नु पर्न सक्छ कारण आईसीसीले प्रसारक र प्रायोजकहरूसँग सबै शीर्ष टीमहरूले टुर्नामेण्टमा हिस्सा लिने दावी गरेको छ। उल्लेखनीय छ, भारतीय टीमले २००८-को मुम्बई आतंकी हमलापछि पाकिस्तान यात्रा गरेको छैन। यसपाली पनि बीसीसीआई-ले च्याम्पियन्स ट्रफीको निम्ति आफ्नो टीम पाकिस्तान नपठाउने घोषणा गरिसकेको छ।