गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीहरू, शिक्षकहरू र शिक्षाको माध्यमद्वारा उज्जवल भविष्यका लागि समर्पित सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।
देशका प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादको जन्म जयन्ती मनाउने क्रममा आज हामी भारतको शिक्षा प्रणालीलाई आकार दिन उहाँको दृष्टिकोण र ठूलो योगदानलाई हामी सम्मान गर्छौं भनी बताएका छन्।










