गान्तोक: सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय शिक्षा दिवसको अवसरमा देशका प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मौलाना अबुल कलाम आजादको जयन्तीमा हरेक वर्ष ११ नोभेम्बरमा राष्ट्रिय शिक्षा दिवस पालन गरिन्छ।मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुक पोस्टमा देशका प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, ‘शिक्षाको माध्यमबाट राष्ट्र निर्माणमा समर्पित एक दूरदर्शी नेता र सुधारकलाई हामी श्रद्धाञ्जली अर्पण गर्दछौं।










