हाई कोर्टले खारेज गरिदियो सन्दीप घोषको जमानत याचिका

1456836983-9918

कोलकाता: आर.जी. कर मेडिकल कलेजका पूर्व प्रधानाचार्य सन्दीप घोषलाई कलकत्ता हाईकोर्टले जमानत दिएन।सोमवार उनको जमानत आवेदनमाथि सुनवाई नगरी जस्टिस तीर्थंकर घोषको एकल पीठले स्पष्ट पाऱ्यो, उनले जमानतको निम्ति तल्लो अदालतमा आवेदन गर्नु पर्नेछ।
यो फसेला आर.जी. करको वित्तीय घोटालासित सम्बन्धित मामिलामा सुनाएको हो जसमा सन्दीप घोष मुख्य आरोपी हुन्। आर.जी. कर मेडिकल कलेजमा व्याप्त वित्तीय घोटालाको जाँच सीबीआईको भ्रष्टाचार निवारण शाखाले गरिरहेको छ। यस मामिलामा सन्दीप मेडिकल मैला-कुचैला, टेण्डर तथा मेडिकल उपकरणहरूको सन्दर्भमा अनियमितता गरेको आरोप छ। सीबीआईले लामो जाँचबुझपछि घोषलाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement