गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमले विभिन्न काउन्सिलमा प्रतिनिधिहरू नियुक्त गरेको छ। नवनियुक्त प्रतिनिधिहरूमा विकाश शर्मा, उपाध्यक्ष लोकल सेल्फ गभरमेन्ट वेलफेयर काउन्सिल, श्रीमती सञ्जु राई, उपाध्यक्ष सेन्ट्रल एक्जिक्यूटिभ काउन्सिल, हरिचन्द्र छेत्री, नाम्ची जिल्ला एक्जिक्यूटिभ काउन्सिल, श्रीमती अञ्जु शर्मा, उपाध्यक्ष, गेजिङ जिल्ला एक्जिक्यूटिभ काउन्सिल, आरपी गुरुङ, महासचिव, नाम्ची जिल्ला एक्जिक्यूटिभ काउन्सिल, खगेन्द्र दाहाल, महासचिव, गेजिङ जिल्ला एक्जिक्यूटिभ काउन्सिल, रोविन राई, महासचिव (सङ्गठन), नाम्ची जिल्ला एक्जिक्यूटिभ काउन्सिल, जिग्मी डी भोटिया, महासचिव (प्रचार), नाम्ची जिल्ला एक्जिक्यूटिभ काउन्सिल, प्रकाश गुरुङ, महासचिन (आइटीसीसी), नाम्ची जिल्ला एक्जिक्यूटिभ काउन्सिल र मुकुम हाङ लिम्बू, महासचिव (आइटीसीसी), गेजिङ जिल्ला एक्जिक्यूटिभ काउन्सिल रहेका छन्।
सिटिजन एक्शन पार्टी, सिक्किमले सबै नवनियुक्त पदाधिकारीहरूलाई बधाई अनि शुभकामना व्यक्त गरेको छ।ए उनीहरूले आ-आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गरेर पार्टीलाई अघि बड़ाउने तथा समग्रमा राज्य र राज्यवासीको सेवा गर्ने पार्टीको उद्देश्यलाई टेवा दिने विश्वास पनि व्यक्त गरिएको छ।