बाढी प्रभावित क्षेत्रको निरीक्षणमा अधिकारीहरू

IMG-20241111-WA0255

गान्तोक: गत वर्ष ४ अक्टोबरमा आएको टिस्टा नदीको विनाशकारी बाढले प्रभावित तुल्याएको थेक गाउँको निरीक्षण संयुक्त समितिले गऱ्यो। निरीक्षण टोलीमा पाकिम जिल्लाका महकुमा अधिकारी डाकमन सुब्बा, भू-राजस्व विभागका अधिकारीहरू पनि सामेल रहेका थिए।टोलीले प्रभावित क्षेत्रहरूको मूल्याङ्कन, आवासीय संरचना, पूर्वाधार र वरपरको वातावरणमा भएको विनाशको छानबिन गर्‍यो।यस टोलीले समुदायमा परेको प्रभावको स्पष्ट बुझाइ प्रदान गर्न खोजेको थियो, जसले गर्दा एनएचआइडीसीएलले प्रभावित परिवारहरूलाई तुरुन्तै क्षतिपूर्ति प्रदान गर्नेछ र पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक उपायहरू कार्यान्वयन गर्ने टोलीले विश्वास व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement