प्रधानमन्त्री मोदीद्वारा ‘अटल ब्रिज’ उद्घाटन

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गुजरातको अहमदाबादमा साबरमती नदीमाथिको अटल ब्रिज उद्घाटन गरे। साबरमती रिभरफ्रन्टमा आयोजित खादी उत्सव कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गरेका हुन्। यही ठाउँबाट प्रधानमन्त्रीले फुटओभर ब्रिजको उद्घाटन गरे। उदघाटन हुनुभन्दा एक दिन अगाडि प्रधानमन्त्री मोदीले आफ्नो ट्विटर अकाउन्टमा पुलको तस्बिर सेयर गरे। उनले लेखेका छन्, ‘के अटल ब्रिज रमणीय देखिँदैन! आउनुहोस् साबरमती नदीमा बनेको फुटओभर ब्रिजको महत्वपूर्ण कुराहरु जानौंl’

प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद सहरको साबरमती नदीमा पैदलयात्री मात्र अटल पुलको उद्घाटन गरे। नगरपालिकाले पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाममा नामकरण गरेको हो । आकर्षक डिजाइन र एलईडी बत्तीसहितको यो पुल करिब ३०० मिटर लामो र बीचमा १४ मिटर चौडाइको छ र नदी किनारको पश्चिमी छेउमा रहेको फूलबारी र पूर्वमा आउने कला तथा संस्कृति केन्द्रलाई जोड्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement