खरसाङ: स्थानीय सर सामानहरू प्रमोट गर्न तथा जातीय सांस्कृतिको संरक्षण र सम्बर्ध्दनको लागि तीनधारेमा आगामी १७ नोभेम्बरदेखि गोर्खे हाट आयोजना गरिने भएको छ। यस विषयमा आज तीनधारेमा तीनधारे गोर्खे हाट सञ्चालन समितिले पत्रकार सम्मेलन बोलाएर यसको जानकारी गराएका छन्। तीनधारेको चिल्ड्रेन पार्कमा आगामी १७ नोभेम्बरदेखि शुरु गरिने भनिएको गोर्खे हाट सञ्चालन समितिमा सभापति सुशन थापा, सचिव सञ्जीव लामा, कोषाध्यक्ष रोहित दर्जी र अन्यहरू रहेको जानकारी प्राप्त भएको छ। उक्त गोर्खे हाट विषयमा तीनधारे गोर्खे हाट सञ्चालन समितिको तर्फबाट सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेमा रहेको चिल्ड्रेन पार्कमा आगामी १७ नोभेम्बरदेखि शुरु गरिने भएको जानकारी गराउँदै यस हाटमा दोकान राख्न चाहानेहरूले समितिले राखेको नियमहरू पालन गर्नु पर्ने बताएका छन्। उनले तीनधारेमा गोर्खे हाट सञ्चालन गर्नुको मुख्य उद्देश्य स्थानीय जैविक सर सामानहरू बिक्री गर्नुको साथै स्थानीयहरूसाई रोजगार प्रदान गर्नु र युवाहरूलाई आफ्नो जातीय चेतनाको साथै जातीय संस्कृतिलाई जगेरा गर्ने बताएका छन्। तीनधारे गोर्खे हाट सञ्चालन समितिको तर्फबाट सन्तोष लामाले तीनधारेमा सञ्चालन हुन लागेको गोर्खे हाटमा स्थानीय जैविक सर सामानहरू बिक्री गर्नुको साथै स्थानीय युवाहरूलाई मञ्च दिएर गीत गाउनु, नाच्नु लगायत अन्य ट्यालेन्टका कुराहरूमी फोकस गरिने भएको बताएका छन्। उनले गोर्खे हाटको लागि दोकानहरू राख्नलाई लगातार रूपमा फोन आईरहेको र दोकानहरू कस्तो कस्तो प्रकारको राख्न पर्ने हो सञ्चालन समिति बसेर निर्णय गर्ने बताएका छन्। त्यसरी नै प्रत्येक दोकानले सर सामानहरूको मूल्य निर्धारण गर्नु पर्ने साथै सर सफाईमा विशेष ध्यान दिनु पर्ने बताएका छन्। लामाले बताए अनुसार गोर्खे हाट राख्न चाहानेहरूले तीनधारे गोर्खे हाट सञ्चालन समितिले राखेका नियमहरू पालन गर्नु पर्ने अनिवार्य रहेको तथा लगातार रूपमा तीन हप्तासम्म अनुपस्थित रहेमा सदस्यता खारेज गरिने र एकपल्ट खारेज भएपछि पुन: निवेदन गर्नु पर्ने जानकारी गराएका छन्।