गोर्खल्याण्ड एक्टिभिस्ट समूहद्वारा मदारीहाट विधानसभाको उप चुनावमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका युवा प्रार्थी बुध्दीमान लामासित भेटघाट

IMG-20241111-WA0239

खरसाङ: गोर्खल्याण्ड एक्टिभिस्ट समूहद्वारा मदारीहाट विधान सभाको उप चुनावमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका युवा प्रार्थी बुध्दीमान लामालाई भेट गरी हौसला प्रदान गरेका छन्।
केन्द्र अनि राज्यको ध्रुवमा मात्र राजनीति गर्ने परम्परालाई तोड्नु पर्ने आवश्यकता रहेको समयमा मादरीहाट विधानसभा उप चुनाउमा केन्द्र र राज्यको सत्तामा बसेका सत्तासीन दललाई टक्कर दिन बलियो प्रतिद्वन्द्वी बनेर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार बुद्धिमान लामालाई अग्रिम शुभकामना दिन गोर्खाल्याण्ड एक्टीभिष्ट समूहका प्रतिनीधि टोली बीरपाडा पुगेका थिए। पुस्तौंदेखि डुवर्समा बसोबास गर्ने गोर्खा र आदिवासीसँगै प्रत्येक अल्पसङ्ख्यक समुदायहरु नै केन्द्र र राज्यको सत्तामा बसेका सत्तासीन दलहरुको हेला र होंचाईंको शिकार भएर बस्दै आएको छ भन्दै यहाँ बसोबास गर्ने अल्पसङ्ख्यक समुदायहरुलाई केवल चुनाउको समयमा भोट ब्याङ्कको रूपमा प्रयोग गर्दै प्रत्येक राजनैतिक दलहरूले आफ्नो स्वार्थको राजनीति गरि रहेको छ समूहले बताएको छ। यस्तो परिस्थितिमा एउटा अलग परिचय बोकेर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार बुद्धिमान लामालाई मादरीहाट विधानसभा निर्वाचन क्षेत्रका सचेत जनता-जनार्दनले जिताउनु पर्ने आवश्यक रहेको समूहले ठानेको छ। राज्य र केन्द्रको सत्तासीन दलहरुलाई पनि शिक्षा दिन यो सही अवसर रहेको पनि गोएसले देखेको छ। गोएसले गोर्खाल्याण्डबाहेक अन्य कुरालाई प्राथमिकता दिँदैन तथापि मादरीहाट विधानसभा उप चुनाउमा त्यहाँका सचेत समूहले पुरानो राजनैतिक परम्परालाई तोडेर डुवर्समा एउटा नयाँ राजनैतिक संस्कार शुरू गरेकोले त्यो नयाँ राजनैतिक संस्कारलाई अझ राम्रोसँग हुर्काउन बढाउनपर्छ भन्ने एक्टीभिष्ट टोली त्यहाँ पुगेको बताइएको छ। एकतर्फ दशकौंदेखि राज्यको हेपाई अनि अर्कोपट्टि केन्द्रको अनदेखा एवम् अवहेलनामा बाँची रहेको हामीले पुरानो राजनैतिक परम्परालाई तोडेनौ भने आफ्नै अस्तित्व खतरामा पुग्ने कुरा गोएसले बारम्बार बताउँदै आएको छ। त्यही पुरानो राजनैतिक परम्परालाई चुनौती दिन मादरीहाटका सचेत समूह अनि गोर्खा सन्तानहरु अग्रसर बनेको गोएसले महसुस गरेको छ।

गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले महसुस गरेको के पनि हो भने बङ्गालमा उपेक्षित जीवन जीउन बाध्य अल्पसङ्ख्यक जाति र समुदायका मानिसहरु जम्मै डुवर्समा बसोबास गर्दछन्। त्यहि जातिहरु मध्ये एउटा जाति हो गोर्खा जाति जसलाई राज्यको हेपाई अनि केन्द्रको फुक्को आश्वासन बाहेक केहि प्राप्त छैन आज सम्म। तर पनि कहिले एकमुष्ठमा उभिएर आफुहरु माथी भएको हेपाई अनि थिचो मिचोको बिरूद्ध उठ्न नसक्ने गोर्खा जाति अनि उठ्न नदिने सरकारको योजना अनि षड्यन्त्रहरुमा हामी फँस्दै नै आई रहेका छौं। यसको एउटा कारण हामीले निर्णय लिनु पर्ने समयमा जहिल्यै पनि गलत निर्णय लिँदै आएकाले हौं। जुन् हाम्रो परम्परा नै बनेर आएको छ। यसपल्ट यहि परम्परा तोडेर नयाँ अध्याय शुरू गर्नु पर्ने जिम्मेवारी मादारीहाट विधानसभा निर्वाचन क्षेत्रका गोर्खा सन्तानहरुको काँधमा आएको पनि गोएसले देखेको छ। स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका बुद्धिमान तामाङ स्वयं एकजना गोर्खे उम्मेदवार भएकोले यो जिम्मेवारीलाई उक्त निर्वाचन क्षेत्रका गोर्खे सन्तानहरुले काँधमा हालेर जातीय एकताको सन्देश दिनेछ भन्ने पनि गोएसले आशा राखेको छ। यसमा अझै त्यस भेकका अन्य दल पछौटे अल्पसङ्ख्यक जाति एवम् समुदायका सबै सबैलाई सम्मानपूर्वक समेटेर उनीहरूको पनि आवाज बनी दिने प्रयास गरे सुनमा सुगन्ध हुने गोएसलाई लागेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement