खरसाङ: सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्रमा रेभ. जोना बलको नेतृत्वमा वरिष्ठ साहित्यकार एवं अनुवादक किशोर तिखत्रीद्वारा अनुवादित पुस्तक “गोठालोको लहुरो” अनि रेभ जोना बलद्वारा लिखित पुस्तक “मण्डली सञ्चालन” नामक पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भयो। मोजेस सन्यासीद्वारा सञ्चालन गरिएको कार्यक्रमको शुरूवातको प्रार्थना सिलगढी बेथेस्दा मण्डलीका पास्टर निमा लेप्चाले गरेका थिए। रेभ.जोना बल स्वयंले सिक्किम, दार्जिलिङ, कालेबुङ, तराई अनि डुवर्सका विभिन्न मण्डलीहरुबाट उपस्थित भएका वरिष्ठ पास्टर तथा अगुवावर्गलाई स्वागत सम्भाषण राखेका थिए। यो पुस्तकको अनुवाद यात्राबारे बोल्दै किशोर तिखत्रीले यो पुस्तक सिस्टमेटिक थियोलजी पुस्तक हो। यसमा धेरै विषयहरु समेटेर गहन अध्ययनका कुराहरु राखिएका छन् जसले थियोलजी गरेका वा नगरेका सबै प्रभुका सेवकहरुलाई ठूलो सहयोग हुनेछ भनी बताएका छन्। उनले यो पुस्तक साल २०२२ मा नै अनुवाद गरी सिध्याएको थियो भने सम्पादन र मुद्रनको व्यवस्थापन गर्दै आउँदा आज हाम्रो हातमा आइपुगेको बताए। यसको अनुवाद सर्वसाधारणले बुझ्न सक्ने सरल भाषामा गरिएको बताइएको छ।
कार्यक्रममा मशीह प्रकाश मोक्तानले कविता पठन गरेका थिए भने रेभ. जोना बलले पुस्तक “गोठालोको लहूरो” अँग्रेजी पुस्तक सेफर्ड स्टिक होला (Shepherd´s Stick) पढेकोदेखि नेपाली भाषामा पनि प्रकाशित गर्ने ठूलो इच्छा रहेको तर नेपाली भाषामा अनुवाद गरी पाठकहरुसम्म ल्याउँदा आफूले सामना गर्न परेका आर्थिक चुनौतीहरुका लागि प्रार्थना गरिएको बताएका छन्। रेभ. डा. अमरुद आनन्दसित भेट हुँदा कसरी परमेश्वरले आर्थिक आवश्यकता पूरा गरे भनी विस्तृत रुपमा बताएका छन्। कार्यक्रममा परमेश्वरको वचन रेभ. डा. अमरुद आनन्दले राख्दै हामी ख्रीष्टका बहुमुल्य सुवास्नाहरु हौ, हामीले ख्रीष्ट आउनु हुँदासम्म मानिसहरुलाई ख्रीष्टमा सुरक्षित गर्ने कार्य गर्नपर्छ, परमेश्वरले सहायता गर्नुहुनेछ भनी उत्साह दिएका थिए। गाोठालोको लहुरो आफ्नो भाषामा सानै उमेरमा पढ्न पाएका थिए, यसलाई अरु भाषाहरुमा पनि उपलव्ध गराउने दर्शन बोकेको थिए। यसैले नेपाली भाषामा छाप्ने लक्ष्य राखेर अनुवाद शुरु गरिसकेका थिए। तर रेभ. जोना बलले अनुवाद कार्य गरिरहनुभएको थाहा पाएपछि उनले यतै सहयोग गरेको बताए। कार्यक्रमलाई पास्टर प्रज्वल रूम्तेलले एउटा गीत प्रस्तुत गरेका थिए। लोकार्पणको प्रार्थना रेभ.सुरेन खवासले गरेपछि पुस्तक “गोठालोको लहुरो” को विमोचन घोषणा रेभ डा एसएस राई अनि पुस्तक “मण्डली सञ्चालन” को विमोचनको घोषणा एकता बुक हाउसका म्यानेजिङ डाइरेक्टर टीओ पान्लुकद्वारा गरिएपछि वरिष्ठ पास्टर गुरुजनको हातबाट दुवै पुस्तकहरु विमोचन
गरियो। यो साह्रै उपयोगी पुस्तक अगुवाजनमा नेपाली भाषामा प्रकाशित गर्न सफल भएकोमा रेभवजोना बललाई लेखक तथा पा नोएल गिरीको नेतृत्वमा
सुखिया पोखरी संयुक्त इसाई सङ्गतिद्वारा बधाई तथा धन्यवाद ज्ञापन गरियो। कार्यक्रममा उपस्थित सबै अगुवावर्ग अनि कार्यक्रमका सहयोगीवर्गलाई धन्यवाद प्रदान गर्नुभएपछि रेभ जोना बल आफैद्वारा नै प्रार्थना एवं आशिर्वाद गरि उक्त कार्यक्रम समाप्त गरियो।










