पञ्चायत प्रधान साथै पञ्चायत समिति सदस्यद्वारा नेताजी प्राथमिक पाठशालामा भ्रमण साथै बधाई

IMG-20241111-WA0237

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान सुष्मा वाइबा, उप-प्रधान केवल राई, शिक्षा अनि संस्कृति एवं क्रिडा विभाग खरसाङ खण्ड पञ्चायत समितिका कर्माध्यक्ष दावा वाङ्दी लामा अनि पञ्चायत सदस्या अरुणा लामाद्वारा नेताजी प्राथमिक पाठशालाका विशेष भ्रमण गरेका छन्। उनीहरूले यस भ्रमणमा विशेष गरेर गत ८ नोभेम्बर २०२४ मा खरसाङमा जीटीएको प्राथमिक शिक्षा विभागद्वारा आयोजित अन्तर प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान बनाउन सक्षम भएवापत उनीहरूले नानीहरूलाई बधाई साथै हौसला बनाउन हेतु पात‌शालामा आएका थिए। पञ्चायत प्रधान सुष्मा वाइबाद्वारा पाठशालाका शिक्षक/शिक्षिका साथै प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई बधाई दिइन्। यसको साथै यस्तै अन्य प्रतियोगितामा पनि भाग लिन सुझाउ दिइन्। पढाइमा पनि ध्यान दिने नानीहरुलाई बताइन्। त्यसरी नै पञ्चायत समिति सदस्य दावा वाङदी लामाद्वारा वारसाङ क्षेत्रमा ९३ वटा प्राथमिक पाठशाला रहेको र ती मध्ये ३० वटा पाठशालाहरूलाई मात्र भाग लिएको यस हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नु भएकोमा गर्व अनुभव गरेको अनि नानीहरू‌लाई साथै पाठशालाका शिक्षक/शिक्षिकालाई पनि बधाई दिएका छन्। यसको साथै खदामाला गर्दै प्रतियोगी नानीहरुलाई उपहार मिठाई वितरण गरेका थिए। पाठ‌शालाका प्रधान अध्यापक विजयकुमार गुरुङद्वारा यसरी पाठशालाले हाजिरी जवाफ प्रतियोगितामा खरसाङ परिधिमा नै दोस्रो स्थान बनाउन सक्षम भएकोमा पाठशालाका सम्पूर्ण शिक्षक/शिक्षिका अनि प्रतियोगितामा भाग लिएका छात्र छात्राहरूलाई बधाई दिएका छन्। घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान, उप- प्रधान, पञ्चायत समिति सदस्य एंव कर्माध्यक्ष, पञ्चायत सदस्या पाठशालामा आई शिक्षक / शिक्षिकाहरुलाई खदामाला गरी नानीहरुलाई उपहार दिन्दै बधाई दिएकोमा पाठशालाका शिक्षक-शिक्षिकाहरुमा शिक्षिकाहरू र विग्यार्थीवर्ग हर्षित साथै गर्वित भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement