दार्जीलिङ: पूर्व निर्धारित दुई दिवसीय कार्यक्रममा भाग लिन मुख्यमन्त्री ममता ब्यानर्जी आज दार्जीलिङ आइपुगिन्। कडा सुरक्षाबीच साँझपख ५ बजे छेउछाउ दार्जीलिङ भित्रिएकी राज्यनेत्रीलाई रेलवे स्टेशन अनि गोर्खा रङ्गमञ्च भवन परिसरमा उपस्थित तृणमुल कंग्रेस अनि जीटीए सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्व तथा सभासदहरुले खदामाला प्रदान गर्दै नाराबाजीको साथ भव्य स्वागत जनाए।

यहाँबाट पैदल हिँडेर उनी मुख्यमन्त्री निवास रोचमण्ड हिलतर्फ प्रस्थान गरिन् भने भोलि अपराह्न ३.३० बजे जीटीए अनि विकास बोर्डका प्रतिनिधिहरुसित बैठक बस्ने छिन्।

यसरी नै बुधवार जिल्ला, नगरपालिका अनि जीटीए सभाका अधिकारी अनि सभासदहरुको उपस्थितबीच ३ बजे चौरस्ता परिसर हुने सरस मेलाको उदघाटन गर्नेछिन् भने बिहीवार यहाँबाट हुने कार्यक्रम रहेको छ।








